सर्वोच्च अदालतमा उजुरी दिन जाने/ टिकट र सहयोग
Event Date:
July 30, 2022
Event Time:
6:00 am
Event Location:
Grand Shivalaya Hotel and Restro
आदरणिय दाजुभाइ दिदीबहिनीहरू ,
हामीले यस वेवसाइटका अगाडीका पानाहरूमा उल्लेख गरेर एमसीसी सम्झौतालाई प्रतिनिधि सभाबाट गरिएको अनुमोदन सम्बिधानका विधिहरू नपुर्याइ गरिएको छ तथा ब्याख्यात्मक घोषणा भनेर ब्याख्यात्मकको गलत अर्थ लगाएर त्यस एमसीसी नेपाल सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गरिएको छ भनेर उल्लेख गरेका छौँ । अहिले यस समस्यालाई समाजका अन्य राजनितिक तथा सामाजिक ब्यक्तीहरूले बिर्सेर वास्ता नगरेको जस्तो वा लाचार भएर सहेर बसेको अवस्था जस्तै छ । तर हामी यस वेवसाइट पढेर बुझेकाहरूले यस परिस्थितीमा चुप लागेर बस्न हुँदैन र केहि उपायहरू खोज्नु पर्छ र बिग्रेको परिस्थितिलाई सम्हालेर नेपाल र नेपालीको भविस्य सुरक्षित गराउनु पर्छ भनेर देश तथा विदेशमा रहनुभएका धेरै जना नेपालीहरुको आसय छ । त्यसैले त्यस बिधि नपुर्याइ त्रुटिपूर्ण तरिकाले गरिएको अनुमोदनलाई रद्द गराइपाउँ भनेर सर्वोच्च अदालतमा उजुरी दिन जाने योजना बनाएका छौँ ।
यहाँ उल्लेख गरिएका टिकटहरू खरिद गरेर हाम्रो अभियानलाई सफल बनाउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ । नेपालमा नजिकमा रहनुभएकाहरूले हाम्रा विभिन्न कार्यक्रमहरूमा उपस्थित भएर सहभागी भएर सहयोग गरिदिनुहोला । नेपालमा पनि टाढा रहनुभएका तथा काम रोजगारका कारण टाढा विदेशमा रहनुभएकाहरूले पनि यस टिकट खरिद गरेर हामीलाइ बौधिक तथा आर्थिक सहयोग गरिदिनुहोला । हामी सबैको प्रयासले एक आपसमा हातमाथी हात राखेर यस अभियानलाई सफल बनाएर गलत अर्थ लगाइएको अनुमोदनलाई रद्द गराउन सकिन्छ कि ? नत्र अहिले नेपाल देशमा ठुलो सम्बैधानिक नै सँकट आईलागेको छ र सम्बिधानका विधि विधानलाई वास्ता नगरी विवादास्पद निर्णयहरु लिएर बसेको अवस्था छ ।
यस अभियानका भोलेन्टरहरुका लागी यातायात, सन्चार, खान बस्न वा अन्य विविध खर्चहरूका आवस्यक आर्थिक जुटाउन यस टिकटबाट सङ्कलित रकमले केहि सहयोग गर्ने आशा राखेका छौँ । -आयोजक डा. कमलमान श्रेष्ठ ।
Event Timelines
पोखरा तथा पोखरा नजिकका साथिहरू पोखरामा जम्मा भएर जाने र पोखरा भन्दा टाढा अन्य शहरका साथीहरू सिधै काठमाण्डु आउने र त्यही काठमाण्डुमा भेट भएर सम्मेलित हुने ।
काठमाण्डु पुगे पछि त्यहाँ अन्य साथीहरू सहभागीहरू सँग भेटघाट गरि सरसल्लाह गर्ने, वकिलहरू सँग भेटघाट गरि कागजातहरूको तयारी गर्ने ।
काठमाण्डु सबै साथिभाइहरू सँग भेटघाट गरि तथा वकिलहरूसँगको कागजातहरूको पूर्ण तयारी भए पछि सबै सहभागीहरू मिलेर सर्वोच्चमा अदालतमा उजुरीको निवेदन दिन जाने ।
सर्वोच्च अदालतमा उजुरी दिए पछि के कस्को परिस्थिती आउछ त्यस परिस्थितीको मुल्याङ्कन गरि सहभागीहरू सँग सरसल्लाह गरि कार्यहरू गर्ने ।